गण्डकी

सामाजिक सञ्जालमा भारतीयले लाइभ गरेको भाइरल फुटेज आइतबारको दुर्घटनाको होइनः नागरिक उड्डयन प्राधिकरण

Banner

 

काठमाडौं,माघ २-

आइतबार यती एयरलाइन्सको जहाज दुर्घटनाका बेला खिचिएको भन्दै भाइरल भइरहेको एक भिडियो उक्त दुर्घटनासँग सम्बन्धित नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले उक्त भिडियो अन्य कुनै जहाजको भएको बुझिएको बताए । ‘यस घटनालाई जोडेर भ्रम फैलाउने हिसाबले कसैले गलत सूचना सम्प्रेषण गरेको देखिन्छ’ उनले भने ।

प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनको लागि नेपाल सरकारले जाँचबुझ समिति गठन गरिसकेको भन्दै विमान दुर्घटनासम्बन्धी घटनालाई जोडेर कुनैपनि व्यक्ति, संस्था, सम्बन्धित निकाय र पूर्व कर्मचारीलाई जथाभावी नबोल्न समेत भनेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>