देश/प्रदेश

विमान दुर्घटनामा जाँच आयोगले सुरु गर्‍यो काम

Banner

पोखरा, माघ २-

पोखरामा आइतवार बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनाको सत्यरतथ्य पत्ता लगाउन गठित विमान दुर्घटना जाँच आयोगु ले काम सुरु गरेको छ ।

जाँच आयोगले आज सोमवारदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार विमानको ब्ल्याक बक्सु आज बिहान भेटिएको छ । ब्ल्याक बक्सु आयोगलाई बुझाइसकिएको छ । ब्ल्याक बक्सु विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्त्वपूर्ण मानिन्छ । ब्ल्याक बक्सु मा फ्लाइट राडर रेकर्डु र ककपिट भ्वाइ रेकर्डु हुन्छ ।

सरकारले आइतवार दुर्घटनामा परेको यति एअरलाइन्सको विमानको दुर्घटनाको सत्यरतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहनुभएको छ । साथै सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाश प्राप्त उपरथी) र सुनिल थापा (अवकाश प्राप्त क्याप्टेन) तथा हवाई मर्मत इन्जिनियर एकराजजङ्ग थापा हुनुहुन्छ । आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ ।

दुर्घटनाको कारण पहिचान गर्न र आउँदा दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो । आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ ।

आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आउँदा दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>