देश/प्रदेश
२ नातिनी र हजुरआमाको माघे संक्रान्ति मनाउने सपना सधाकालागि अधुरो

पोखरा, माघ २-
सामाजिक काम भनेपछि हुरुक्कै हुने ओममाया गुरुङ सँगसँगै उनको दुई नातिनीको पनि हिजो हवाई दुर्घटनामा मृत्यु भएको छ । ६७ वर्षमा ओममाया, नातिनी २५ वर्षकी यास्मिन गुरुङ र २० वर्षकी पुजन रानाको मृत्यु भएको हो ।
माघे संक्रान्ति मनाउने हङकङबाट कान्छी छोरीतर्फकी कान्छी नातिनी पुजन नेपाल आउने भएपछि ओममाया र जेठी छोरीतर्फकी कान्छी नातिनी यास्मिन काठमाडौँ गएका थिए । ओममाया पोखरा महानगरपालिका–१५ रामबजारमा बस्दै आएकी थिइन् ।
त्यसतै हङकङबाट पुजन आएपछि शनिबार काठमाडौंमै बसेर उनीहरु आइतबार पोखरा आउन यती एयरलाइन्सको जहाज चढेका थिए । पोखरा आउन दिउँसोको टिकट काटेका उनीहरुले बेलैमा पुगेर माघे संक्रान्ति मनाउने योजनाले उडान अगाडि सारेका हुन् । तर उनीहरु चढेको जहाज ल्यान्डिङ नै हुन नपाई सेती खोंचमा बजारियो । जस्को कारण उनीहरु घरको आँगनसम्म आउन सकेन्न र सँगै माघे संक्रान्ति मनाउने योजना पनि पुरा भएन।

























