देश/प्रदेश
सनाखत गरेकै भरमा शव जिम्मा लगाउँदा उल्टोपाल्टो पर्ने भन्दै हतार नगर्न विज्ञको सुझाव
०

पोखरा, माघ २
पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको शव हतार गरेर आफन्तलाई नबुझाउन विज्ञको सुझाव दिएका छन् ।
चालक दलका ४ जना सदस्यसहित विमानमा सवार ७२ जनामध्ये ६८ जनाको शव भेटिएको छ। चार जना फेला पर्न सकेका छैनन्। भेटिएका शवहरू जलेको अवस्थामा रहेकाले त्यसको पहिचान अब मुख्य चुनौती बनेको भल्दै बुझाउन हतार नगर्न विज्ञले सुझाव दिएका हुन्।
दुई जना फरेन्सिक चिकित्सकको टोलीलाई शव पहिचान तथा व्यवस्थापनका लागि सोमबार पोखरा लगिएको छ। सनाखत गरेकै भरमा शव जिम्मा लगाउनु चरम लापरबाही हुने र हवाई दुर्घटनाजस्तो विषयमा शवको पहिचान र आफन्तलाई जिम्मा लगाउदा उल्टोपाल्टो हुन सक्ने विज्ञको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























