गण्डकी

विमान दुर्घटनाको सत्यतथ्य छानविन नभए सरकारलाई दिएको समर्थनबारे सोच्नुपर्ने हुन्छः ज्ञानेन्द्र शाही

Banner

काठमाडौं,माघ १-

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पोखरा विमान दुर्घटनाको सत्य तथ्य छानविनको लागि कमिटी गठन गर्न सरकारलाई आग्रह गरेका छन्।

आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनाको छानबिनको लागि पहल नगरे सरकारलाई दिएको समर्थनबारे सोच्नुपर्ने बताए। उनले भने,‘सबै एयरलाइन्सको गुणस्तरमाथि चेकजाँच गरियोस्। सबै मापदण्ड पुरा नगरी उडान गरिरहेका विमानलाई कारबाही भएन भने सरकारलाई दिएको समर्थनमाथि पनि बिचार गर्नुपर्ने अबस्था आउन सक्छ। जनजिविकाका सवालमा काम गरियोस्। स्टन्टबाजी गर्ने काम बन्द गरियोस्।’ शाहीले भने,‘आज पोखरा दुर्घटनामात्रै होइन, यस्ता दुर्घटनाहरु पटकपटक भएका छन्। नेपालमा हवाई यात्रा अशुरक्षित बन्दै गइरहेको छ।’

गुणस्तरमाथि शंका छ। बाहिरीदेशमा प्रयोग भइसकेका विमानहरु मात्रै हामीकहाँ प्रयोग गर्दा दुर्घटना बढेको हो। आजसहित समय समयमा हुँदै आएका विमान दुर्घटनाको छानबिन कमिटी गठन गरेर विमानहरुका गुणस्तर चेक जाँच र कारबाही गर्न माग गर्दछु।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>