देश/प्रदेश

भोलि पृथ्वी जयन्ती, सरकारले दियो सार्वजनिक बिदा

Banner

काठमाडौं, पुस २६–

सरकारले भोलि पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको विना विभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिए।

यस्तै बैठकले न्यूनतम कार्यक्रम मन्त्रिपरिषद्बाट पास गर्ने र कार्यान्वयन गर्ने निर्णय गरेको छ। सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राख्दै आएको मागलाई सम्बोधन गर्दै सरकारले २७ पुसमा बिदा दिने निर्णय गरेको हो।

सोमबार सार्वजनिक गरिएको सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख छ। सरकारको न्यूनतम साझा कार्यक्रमलाई मन्त्रिपरिषद् बैठकले पारित गरेको छ।

बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहेको थियो। तर २०६२र६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरिसकेको राप्रपाले न्यूनतम् साझा कार्यक्रम, कम्तीमा तीन मन्त्रालय र पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसका रूपमा मनाउनुपर्ने माग गर्दै आएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>