देश/प्रदेश

रेसुङ्गा विमानस्थलमा आज परिक्षण उडान

Banner

काठमाडौं, पुस २४–

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परिक्षण उडान हुँदैछ। रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले बिहान ११ बजे परिक्षण उडान गर्न लागेको हो।

जहाज काठमाडौँबाट गुल्मी पुग्न करिब ५० मिनेटको समय लाग्ने छ। जहाजमा गुल्मीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, गोकर्ण विष्ट, एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्कीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी समेत आउने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए।

उनका अनुसार आज डेमो उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>