राजनीति
ओलीको प्रतिबद्धता- प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउनेछौँ
०

काठमाडौं, पुस २३-
सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सांसदहरूको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले सफल सरकार बनाउन उपयुक्त ढंगले गाइड गर्ने बताए ।
उनले भने– हाम्रो कर्तव्य यो सरकारलाई सफल बनाउने हो । सफल सरकार बनाउँछौँ र त्यसका लागि उपयुक्त ढंगले गाइड गर्छौँ । यो सरकारले सही नीति लेओस्, भ्रष्टाचार नगरोस् र नहोस् । यसले सुशासन र विकासको लागि उचित र आवश्यक कदमहरू चालोस् ।
ओलीले यो सरकार र संसद्लाई सफल बनाउने एमालेले राजनीतिक नेतृत्व गर्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























