मकवानपुर

खेल्ने क्रममा मुखमा गुच्चा अड्किएर बालकको मृत्यु

Banner

हेटौँडा,पुस २३-

मकवानपुरको एक बालकको घाँटीमा गुच्चा अड्किएर मृत्यु भएको छ । शुक्रवार साँझ जिल्लाको मनहरी गाउँपालिका-९ ज्यामिरेमा भारतको जम्भुकटुवा घर भएर हाल मनहरीको ज्यामिरेमा सिलौटाको काम गरी बस्ने राम कुमार दासको छोरा ५ वर्षीय राम दासले खेल्ने क्रममा मुखमा गुच्चा अड्किएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकको घाँटीमा गुच्चा अड्किएपछि सास फेर्न असहज भएपछि उपचारको लागि चितवन स्थित भरतपुर सरकारी अस्पतालमा पुर्‍याइएको थियो ।

अस्पताल पुर्‍याउन साथ डाक्टरले बालकलाई मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>