देश/प्रदेश

३५ जना चालकलाई फिर्ता नगर्न गृह मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

Banner

काठमाडौं, पुस २१-

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री निवास बालुवाटार लगायतका स्थानमा कार्यरत नेपाल प्रहरीका ३५ जना सवारी चालकलाई साविककै स्थानमा कामकाजको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयलाई पठाएको पत्रमा लेखिएको छ, ‘प्रधानमन्त्री कार्यालयका साथै प्रधानमन्त्री सचिवालय व्यवस्थापन शाखा ९प्र।म। निवास०, बालुवाटारमा कार्यरत सवारी चालकहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि निरन्तर रुपमा कामकाज गर्ने गरी व्यवस्थापन हुन आदेशानुसार अनुरोध छ ।’

अनावश्यक रूपमा विभिन्न व्यक्तिको सुरक्षा, चालक वा सहयोगीको रुपमा राखिएका प्रहरी कर्मचारीहरुलाई गृह मन्त्रालयले फिर्ता गरिरहेको बेला प्रधानमन्त्री कार्यालयले भने ३५ जना सवारी चालकहरुलाई फिर्ता नगरिदिन आग्रह गरेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>