देश/प्रदेश
पाँचथरमा आगोमा जलेर २ जनाको मृत्यु, दुई घाइते
०

पाँचथर, पुस २०-
पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारमा आगोमा जलेर दुई जनाको मृत्यु भएको छ ।
मेखबदुर गुरुङको घरमा गएराति साढे १ बजे आगलागी हुँदा मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङसिंह थेबेको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी हरि खतिवडाले आगोमा जलेर ५५ वर्षीय मेखबहादुर गुरुङ र उनका छोरा विजेन्द्र घाइते भएका छन् । उनीहरुको टाउको, हात र खुट्टामा आगोले पोलेको छ ।
उक्त घरमा ७ जना सुतेकोमा २ जनाको मृत्यु भएको, दुई जना घाइते भएको र तीन जना भागेर ज्यान जोगाउन सफल भएको डिएसपी खतिवडाले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























