देश/प्रदेश
अमेरिकामा सडक दुर्घटनामा परी एक नेपालीको मृत्यु
०

अमेरिका, पुस १८-
अमेरिकाको न्युयोर्कमा एक नेपालीको मृत्यु भएको छ। न्युयोर्कस्थित ब्रूकलिक हाइवेमा दुर्घटनामा परी ३२ वर्षीय मनोज थापाको मृत्यु भएको हो।
डेल्ली न्युजका अनुसार थापा अमेरिकामा उबर चलाउँदै आएका थिए । गत वर्ष मात्र न्यु जर्सीबाट न्युयोर्क गएका हुन्।
समाचारमा उल्लेख गरिए अनुसार गाजानुस एक्सप्रेसवेको सनसेट पार्कनजिकै थापाको गाडीलाई अर्को एउटा गाडीले सामान्य ठक्कर दिएको थियो। तर दुवै गाडीका चालक आ–आफ्नो गाडीमा भएको क्षति हेर्दा हुत्तिएर आएको एक बीएमडब्यू कारले थापालाई ठक्कर दिएको प्रहरीले बताए। त्यस्तै प्रहरीका अनुसार थापाको घटनास्थलमै मृत्यु भएको थियो । स्रोतः नेपाल खबर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























