देश/प्रदेश
निर्वतमान वडाध्यक्ष घरमै जलेको अवस्थामा मृत फेला
०

कास्की, पुस १८-
मादीका निर्वतमान वडाध्यक्ष घरमै जलेको अवस्थामा मृत भेटिएका छन् । कास्कीको मादी गाउँपालिका-१ सिक्लेसका सुरजकुमार गुरुङ आफ्नै घरमा जलेको अवस्थामा मृत भेटिएका हुन् ।
निर्वतमान वडाध्यक्षसमेत रहेका उनी जलेको अवस्थामा मृत् भेटिएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए ।
वडाध्यक्ष देवीजङ्गका अनुसार आइतबार राति सुरजको घरमा आगो लागेको थियो । राति साढे १० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको हो । सुरजकुमार विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























