देश/प्रदेश
बलात्कारको आरोप लागेर फरार रहेका वडा अध्यक्षले गरे प्रहरीमा आत्मसमर्पण
०

वीरगञ्ज , पुस १८-
किशोरीलाई जर्बजस्ती करणी गरेको आरोपमा फरार रहेका वडा अध्यक्षले प्रहरीमा आत्मसमर्पण गरेका छन् । बाराको निजगढ नगरपालिका वडा नं.२ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठले हिजो (आइतबार) बेलुका प्रहरीमा आत्मसमर्पण गरेका हुन्।
इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक संजीव ओलीले उनीविरुद्ध १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको जानकारी दिए ।
किशोरीका अभिभावकले २५ असोजमा इलाका प्रहरी कार्यलय निजगढमा उनीविरुद्ध किटानी जाहेरी दिएका थिए । दशैंको टीकाको दिन १९ असोजमा वडा अध्यक्ष राजुले किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । गम्भीर प्रकृतिको फौजदारी अभियोगमा मुद्दा परेलगत्तै उनी फरार भएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























