चितवन विशेष
माडी पाण्डवनगरका १०९ जना विद्यार्थीलाई नारायणढ लायन्सले बाड्यो न्यानो कपडा

चितवन, पुस १६–
सामाजिक संस्था लायन्स क्लब अफ नारायणगढ र लायन्स क्लब अफ नारायणगढ नारायणीले संयुक्त रुपमा माडी नगरपालिका–१ पाण्डवनगरस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयका १०९ जनालाई विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
चिसो बढेसंगै विद्यार्थीहरुलाई अध्ययनका लागि विद्यालय जान समस्या हुन थालेपछि विपन्न परिवारका विद्यालयहरु अध्ययन गर्ने सो विद्यालयका विद्यार्थीहरुलाई क्लवले न्यानो कपडा सहयोग गरेको हो । कार्यक्रमका प्रमुख अतिथि वडा नं.१ का वडा अध्यक्ष अमित कुमार लामा, लायन्स क्लब अफ नारायणगढका अध्यक्ष लायन शान्तकुमार पिया र लायन्स क्लब अफ नारायणगढ नारायणीकी अध्यक्ष लायन दुर्गा अधिकारी निरौलालगायतले विद्यार्थीहरुलाई न्यानो कपडा हस्तान्तरण गरेका थिए ।

सो क्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष लामाले आफुले प्रतिनिधित्व गरेको वडामा समय–समयमा विभिन्न सेवा मुलक कार्यक्रम गरेको भन्दै लायन्स क्लब अफ नारायणगढ र लायन्स क्लब अफ नारायणगढ नारायणीका सबै सदस्यहरुमा धन्यवाद ज्ञापन गरे । कार्यक्रमका संयोजकद्वय लायन कृष्ण धिताल र लायन राममाया जोशी श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर गुरुङ, वडा सदस्यहरु, दुई वटा लायन्स क्लबका पदाधिकारीलगायत लायन्स सदस्यहरुको कार्यक्रममा उपस्थिति रहेको कार्यक्रम संचालक लायन उमेश पियाले जानकारी दिए ।
कार्यक्रममा लायन्स क्लब अफ नारायणगण का अध्यक्ष लायन शान्तकुमार पिया र लायन्स क्लब अफ नारायणगढ नारायणीकाी अध्यक्ष लायन दुर्गा अधिकारी निरौलाको सभापतित्वमा सम्पन्न भएको थियो ।



























