देश/प्रदेश

कम्बोडियाको क्यासिनोमा आगलागीमा मृत्यु भएका झापाका पाण्डेको शव छिटो नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन

Banner

काठमाडौं, पुस १६-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको एक होटेल क्यासिनोमा भीषण आगलागीमा परी ज्यान गुमाउनेहरुप्रति दुख व्यक्त गरेका छन् । आगलागीमा झापा विर्तामोड नगरपालिका १ का निराकर पाण्डेसहित १९ जनाको निधनप्रति प्रधानमन्त्री ‘प्रचण्ड’ले दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

बिहीबार राति भएको आगलागीमा नेपाली युवक पाण्डेको पनि ज्यान गएको थियो ।

साथै निधन भएका पाण्डेको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् । मुख्यसचिवलाई उनको शव नेपाल ल्याउन शीघ्र सहजीकरण गर्न सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>