देश/प्रदेश
ल्होसार सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने एक विशिष्ट पर्व : प्रधानमन्त्री
०

काठमाडौँ, पुस १५–
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताएका छन् ।
नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो (वर्ष)को स्वागतका रुपमा मनाउने ल्होसार पर्वका अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने एक विशिष्ट पर्वका रुपमा ल्होसार स्थापित रहेको बताए ।
उनले यस पर्वले समस्त नेपालीबीच आसपी सम्बन्ध सदृढ हुने विश्वास लिएका छन् । ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























