राजनीति
प्रभु साह नयाँ पार्टी घोषणाको तयारीमा
०

काठमाडौं, पुस १४-
स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । त्यसका लागि उनले आफ्नो समूहका नेताहरुबीच छलफल गर्दै उनले आज बिहिवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेका छन् । पत्रकार सम्मेलन बिजुली बजारस्थित क्रिष्टल प्यालेसमा आज दिउँसो ३ बजे आयोजना गरिएको छ । उनले भने, ‘पार्टी गठनको तयारीका लागि अनौपचारिक छलफल गरिरहेका छौं । आज त्यसको निचोड सार्वजनिक गर्छौं ।’
यसअघि साहले नयाँ पार्टीको नाम एकीकृत कम्युनिस्ट पार्टी, समाजवादी पार्टी नेपाल, प्रोग्रेसिभ पार्टी लगायत नाममा छलफल भए पनि आम जनता पार्टी नाम हुन सक्ने सम्भावना रहेको बताएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























