राजनीति

देउवा र प्रचण्डका कारण पाँचदलीय गठबन्धन टुट्यो: शेखर कोइराला

Banner

विराटनगर,पुस १४-

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पाँच दलीय गठबन्धन टुट्नुमा पार्टी सभापति शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दोष लगाएका छन्।

आज (बिहीबार) बिहान विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले तत्कालीन सत्ता गठबन्धन लामो समयसम्मका लागि बने पनि आफ्ना पार्टी सभापति देउवाको अदूरदर्शिता र माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्री पदप्रतिको आशक्ति जिम्मेवार भएको आरोप लगाएका हुन्।

कोइरालाले भने, ‘तत्कालीन सत्ता गठबन्धनले लामो समयसम्म यसलाई निरन्तरता दिने भनेर सहकार्य गरेको थियो, ‘तर दुर्भाग्य यसलाई टिकाउन सकिएन।त्यसमा कांग्रेस, त्यसमा पनि पार्टी सभापति साथै माओवादी र त्यस पार्टीका अध्यक्ष प्रचण्डजीको प्रधानमन्त्री पदप्रतिको आशक्ति मुख्य कारण बन्यो।’

चुनावपछि गठन हुने सरकारको नेतृत्व प्रचण्डलाई दिने कांग्रेस सभापति एवं तत्काली प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच सहमति भए पनि देउवाले सहमति तोडेको भन्ने आरोप माओवादीको छ नि भनी पत्रकारले राखेको प्रश्नमा कोइरालोले तत्कालीन प्रधानमन्त्री देउवा र प्रचण्डबीच लिखित सहमति भएको कुरा आफूलाई थाहा नभए पनि चुनावपछि गठन हुने सरकारको प्रधानमन्त्री बन्ने प्रचण्डसँग कुराकानीमा आफूले थाहा पाएअनुसार देउवालाई उक्त कुरा जानकारी गराएको उनले बताए।

तर कांग्रेसले निर्णय गर्ने कुरामा कमजोरी गरेको उनको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>