अन्तर्राष्ट्रिय

एम्बाप्पेको गोलमा पीएसजीको संघर्षपूर्ण जित, नेइमारलाई रेड कार्ड

Banner

काठमाडौं, पुस १४-

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्ट्रासबर्गलाई हराउँदै शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ। पीएसजीको घरेलु मैदानमा पाहुना टोलीमाथि २-१ गोल अन्तरको जित निकाल्दै आफ्नो अपराजित यात्रालाई १६ औं खेलसम्म पुर्‍याएको हो। पीएसजीको जितमा केलियन एम्बाप्पे नायक साबित भए।

खेलको १४ औं मिनेटमा पीएसजीले सुरूआती अग्रता बनायो। पीएसजीका लागि नेइमारको सहयोगमा मार्किन्होसले गोल गरेका थिए। ५१ औं मिनेटमा मार्किन्होस आफैंले स्ट्रासबर्गलाई उपहार गोल दिएपछि खेल एक-एक गोलको स्थितिमा पुग्यो।

६२ औं मिनेटमा पीएसजी दश खेलाडीमा झर्‍यो। नेइमार दोहोरो पहेँलो कार्ड पाएर मैदान बाहिरिए। इन्जुरी समयमा पाएको पेनाल्टीमा गोल गर्दै एम्बाप्पेले पीएसजीलाई महत्वपूर्ण तीन अंक दिलाए।

गर्जिन्हो नायाम्सीले एम्बाप्पेलाई डि एरियामा एरियामा लडाएपछि पीएसजीले पेनाल्टीको मौका पाएको थियो । कतार विश्वकपपछि पहिलो पटक मैदानमा फर्किएका एम्बाप्पेले पेनाल्टीमा कुनै गल्ती गरेनन् ।

खेल अवधिभर ७१ प्रतिशत बलमा पोजिसन राखे पनि घरेलु टोली पीएसजीमा लियोनल मेसीको अभाव भने देखिएको थियो। अर्जेन्टाइन स्टार मेसी अझै विश्वकप बिदामा छन्। तालिकाको शीर्ष स्थानमा रहेको पीएसजीले १६ खेलबाट ४४ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको लेन्सको १५ खेलबाट ३६ अंक भएको छ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>