राजनीति

माधव नेपाललाई एमालेमै फर्काउने तयारी,ओलीसँग भेट गराइँदै

Banner

काठमाडौं,पुस १३-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेकपा एमालेमै फर्काउने प्रयास जारी रहेको छ । त्यो अभियानमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले नेता महेश बस्नेतलगायतका नेताहरु सक्रिय रहेका छन् । त्यसमा एकीकृत समाजवादीका नेताहरु पनि सक्रिय रहेको बताइएको छ । पछिल्लो समयमा अर्थमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलले नेता नेपाललाई दुईपल्ट भेट गरिसकेका छन् ।

नेपालसँगको भेटपछि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि जानकारी गराएका थिए । त्यसैगरी बुधबार पनि एमाले नेता महेश बस्नेत नेता नेपालको घरमै पुगेर एमालेमा फर्किन आग्रह गरेका छन् । बस्नेतले नेपाललाई अघिल्ला भेटभन्दा फरक पाएको पनि प्रतिक्रिया दिए । “सबै वाम पार्टी एकैठाउँ हुनुपर्छ भनेर अभियान चलाइएको हो,” बस्नेतले भने, “आज मैले माधव नेपालसँग पनि कुराकानी गरेँ । पहिलेभन्दा केही सकारात्मक हुनुहुन्छ । केपी ओलीसँगको सम्बन्ध पनि पहिलाजस्तो आक्रोशपूर्ण देखिएन । तिक्तता कम भएको पाएँ । बरु उहाँको गुनासो ओलीसँग भन्दा बढी प्रचण्डसँग थियो । त्यो पनि आज भेट भएपछि कम हुनुपर्छ ।”

तर नेपालले यसबारेमा भने कुनै प्रतिक्रिया दिएका छैनन् । उनी निकट स्रोतले भने अहिले एमालेमै फर्किने कुनै तयारी नभएको बताउँछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>