राजनीति

बागमती प्रदेशका जेष्ठ सदस्य ढुंगानाले लिए सपथ

Banner

हेटौंडा, पुस १३–

बागमती प्रदेशका ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज (बुधबार) प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन् ।

बागमती प्रदेशसभाका ११० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा ढुंगानालाई सपथ गराईएको हो । ढुंगाना नेकपा (माओवादी केन्द्र)का तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रदेश सभामा निर्वाचित बाँकी प्रदेश सभा सदस्यहरुको सपथ ग्रहणको कार्यक्रम भोलि बिहीबार दिउँसो २ बजे प्रदेश सभा सचिवालय हेटौंडामा राखिएको छ । बाँकी सांसदहरुलाई ज्येष्ठ सांसद ढुंगानाले शपथ गराउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>