राजनीति
जसपाको संसदीय दलको नेतामा यादव निर्विरोध
०

काठमाडौं, पुस १३–
जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।
आज भएको संसदीय दलको निर्वाचनमा यादवको मात्र मनोनयन दर्ता भएपछि निर्विरोध निर्वाचित भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । एकल उम्मेदवारी दर्ता भएका यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।
जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले पनि दाबी गर्दै आएका थिए ।
प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























