राजनीति

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, चुनाव र गठबन्धन भत्किएकोबारे समीक्षा हुने

Banner

काठमाडौं, पुस १२-

नेपाली कांग्रेसले २२ पुसमा केन्द्रीय समितिको बैठक बोलाएको छ । मंगलबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी २२ पुसको दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिएका छन् ।

बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन । पार्टीबाट समानुपातिक सांसद चयन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि केन्द्रीय समिति बैठक पहिलो पटक बस्न लागेको हो ।

कांग्रेसको नेतृत्वमा रहेको पाँचदलीय गठबन्धन एकाएक परिवर्तन भएर एमाले नेतृत्वमा सत्तासमीकरण बनेसँगै कांग्रेसमा अहिले आरोप-प्रत्यारोप चलिरहेको छ ।

गठबन्धन तोडिएसँगै पार्टीलाई भएको क्षति पनि बैठकमा समीक्षा हुने एक नेताले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>