राजनीति

नेपाललाई फोन गरेर ओलीले भनेः बसेर कुरा गरौँ

Banner

काठमाडौं,पुस ११-

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फोन गरेका छन्। २०७८ भदौमा एमाले विभाजन गरेर नेपालले एकीकृत समाजवादी गठन गरेपछि दुई नेताबीच पहिलो पटक दोहोरो कुराकानी भएको हो।

कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने विषयमा भित्रभित्रै कुराकानी भइरहेको अवस्थामा बिहीबार ओलीले नेपाललाई फोन गरेर छलफलको प्रस्ताव गरेका हुन्। ओलीनिकट स्रोतले दुई नेताबीच कुराकानी भएको पुष्टि गर्दै भन्यो, ‘अलि लामै समयपछि उहाँहरुबीच कुराकानी भएको हो।’

ओलीले भेटेर कुराकानी गर्न प्रस्ताव गरे पनि नेपालले अस्वीकार गरेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए। नेपाल कांग्रेस, माओवादी र समाजवादीकै गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेकाले बिहीबार ओलीको आग्रहलाई बेवास्ता गरेको ती नेताले जानकारी दिए।

‘माधव नेपालको स्वभाव एउटा गठबन्धनमा रहेर अर्कोसँग कुरा गर्ने खालकै होइन। त्यसैले उहाँले ओलीसँग कुराकानी गर्न नमान्नुभएको हो,’ स्रोतले अगाडि भन्यो, ‘उहाँ त्यसबेलासम्म कांग्रेस, माओवादी र समाजवादीकै गठबन्धन अगाडि बढाउने पक्षमा हुनुहुन्थ्यो।’

ओलीले आफूसँग नभेटे पनि आफूले पठाएका व्यक्तिसँग कुराकानी गर्न गरेको आग्रहलाई समेत नेपालले नमानेको स्रोतको दाबी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>