राजनीति

रवि लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै नेविसंघको प्रदर्शन

Banner

काठमाडौं, पुस ११-

नेविसंघले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध प्रदर्शन गरेको छ। शितल निवासमा आज शपथ भइरहेका बेला नेविसंघले राष्ट्रपति कार्यालय बाहिर सडकमा लामिछानेको नागरिकता र पासपोर्ट छानबिन गर्न माग गर्दै प्रदर्शन गरेको हो।

‘नागरिकता छानबिन भइरहेका व्यक्तिलाई गृहमन्त्री बनाउनु कानुनी राज्यको उपहास भएको छ,’ नेविसंघका नेता भुवन भट्टले भने। प्रदर्शनमा उत्रिएका नेविसंघका नेताहरू भट्ट, विक्रमआदित्य सिंह, मनिष रायमाझी, विनोद शाहीलाई प्रहरीले पक्राउ गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>