राजनीति

गठबन्धनको बैठकमा रविले भनेः उपप्रधानमन्त्रीसहित गृहमन्त्रालय पनि चाहियो

Banner

काठमाडौं,पुस ११-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाका लागि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयको दाबी गरेका छन्। सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी सत्तारूढ गठबन्धनको बैठकमा लामिछानेले यस्तो दाबी गरेका हुन्।

सरकारमा सहभागी सबै दलको उक्त बैठकमा नेकपा एमालेबाट एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, ज्वालाकुमारी शाह, दामोदर भण्डारी र राजेन्द्र राईको दाबी रहेको छ भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठको रहेको छ। स्रोतका अनुसार रविको नेतृत्वमा सरकारमा सहभागी रास्वपालाई उपप्रधानमन्त्री दिने विषयमा सम्भावना देखिए पनि गृहको विषयमा सम्भावना कम छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>