राजनीति

वन कार्यालयको भवन भत्काउन धरानका मेयर हर्कले टाँसे सूचना

Banner

धरान,पुस ११-

धरान उपमहानगरपालिकाले धरानमा निर्माणाधीन प्रदेश वन निर्देशनालयको भवन भत्काउने चेतावनीसहितको सूचना टाँसेको छ । धरान उपमहानगरपालिका १५ तीनकुनेमा नक्सा पास नगरी र स्वीकृती नलिई भवन निर्माण गरेको भन्दै मेयर हर्कराज सम्पाङ राईले निर्माण रोक्ने आग्रहसतिको सूचना टाँसेको छ ।

‘धरान उपमहानगरपालिकाको क्षेत्रभित्र भौतिक संरचना निर्माण गर्दा धरान उपमहानगरपालिकाको अनिवार्य निर्माण स्वीकृति लिनु पर्ने र नक्सा पास गराएर मात्रै निर्माण गर्नु पर्ने नियम रहेको हुँदा सो नियम अन्तर्गतको कुनै पनि प्रक्रिया पूरा नगरी नियम मिचेर वनाएको देखिएकाले निर्माण कार्य तुरुन्त रोकी प्रकृयामा आउनु होला,’ सूचनामा लेखिएको छ, ‘अन्यथा अवैध संरचना हटाउनु पर्ने नियमानुसार कारबाही अघि बढाइने व्यहोरा जानकारी गराइन्छ ।’

प्रदेश वन निर्देशनालयका ४ वटा भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । र भवन निर्माण सकेर सर्ने तयारीमा रहे पनि भवन निर्माणको नक्सा पास गरिएको छैन । अहिले निर्देशनालय धरान १३ मा भाडाको घरमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>