राजनीति

माधव नेपाल सकारात्मक बनेको अवस्थामा सरकारमा ल्याउन कुनै कठिनाइ छैनः प्रचण्ड

Banner

काठमाडौँ, पुस ११-

प्रधानमन्त्रीमा नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादीलाई पनि आफू नेतृत्वको सरकारमा सहभागी गराउन सकिने बताएका छन्।

पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले भने, ‘माधव नेपालजीको पार्टीलाई पनि सरकारमा सहभागी गराउन सकिन्छ। वर्तमान गठबन्धनबारे उहाँको धारणा बुझ्न नै बाँकी छ। उहाँ सकारात्मक बनेको अवस्थामा सरकारमा ल्याउन कुनै कठिनाइ छैन ।’

१ सय ६९ सांसदको समर्थनमा प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। उनले आज चार बजे शितल निवासस्थित राष्ट्रपति भवनमा शपथ ग्रहण गर्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>