राजनीति

नयाँ सरकार बनाउन राप्रपाले सहयोग गर्ने छ: सांसद ज्ञानेन्द्र शाही

Banner

काठमाडौं, पुस १०-

राप्रपाले नयाँ सरकार बनाउन सहयोग गर्ने भएको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जसको नेतृत्वमा सरकार बने पनि सहयोग गर्ने निर्णय गरेको हो।

राप्रपा प्रवक्तासमेत रहेका सांसद ज्ञानेन्द्र शाहीले नयाँ सरकार बनाउन राप्रपाले सहयोग गर्ने बताए। ‘हामी प्रचण्डको नेतृत्वमा वा शेरबहादुर देउवा जसको नेतृत्वमा सरकार बनाए पनि बाधक बन्दैनौं,’ उनले भने, ‘नयाँ सरकारलाई राप्रपाले समर्थन गर्छ, बाधक बन्दैन। मध्यावधि चुनावमा नजाओस्, स्थायित्वका लागि हामीले यस्तो निर्णय गरिएको हो।’

यसअघि अध्यक्ष राजेन्द्र लिङदेन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर नयाँ सरकार गठनका लागि छलफल गरेका थिए। बालकोटमा बसेको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>