राजनीति
ओली-प्रचण्डको सम्भावित गठबन्धनमा सहभागी हुनेबारे छलफल गर्न राप्रपाको आकस्मिक बैठक
०

काठमाडौं, पुस १०-
राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी सरकार गठनका विषयमा छलफल गर्न आकस्मिक बैठक बोलाएको छ । एमाले र माओवादीसहितको नयाँ गठवन्धनको ढोका खुलेसँगै त्यसमा सहभागी हुनेबारे छलफल गर्न राप्रपाले बैठक डाकेको हो ।
राप्रपा महामन्त्री भुवन पाठकले अध्यक्ष राजेन्द्र लिङदेनले ३ बजे आकस्मिक बैठक बोलाएको जानकारी दिए । विषय प्रष्ट नभए पनि आगामी सरकारकै विषयमा छलफल गर्न सक्ने उनको भनाइ छ ।
राप्रपा अध्यक्ष लिङदेनले आजै बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए । त्यसपछि बसेको संयुक्त बैठकमा भने राप्रपा सहभागी छैन । ओली निवासमा एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच वैठक बसेको छ । यदि राप्रपा सरकारमा आएको खण्डमा ओली-प्रचण्डलाई बहुमत पुर्याउन सहज हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























