राजनीति

रास्वपाले सरकारमा जाने,नजाने विषयमा संसदीय दलमा छलफल गर्दै

Banner

काठमाडौं, पुस १०-

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको विधान मस्यौदा र नयाँ सरकार गठन र समसामयिक राजनीतिक घटनाक्रमबारे धारणा बनाउन संसदीय दलको बैठक आज दिउँसो १ बजे बसुन्धारामा बस्न लागेको हो।

प्रवक्ता मुकुल ढकालका अनुसार बैठकमा संसदीय दलको विधान तथा सरकारमा जाने वा नजानेजस्ता विषयमा छलफल हुने छ। बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

रास्वपाका अध्यक्ष रवि लामिछाने सरकारमा सहभागी हुने पक्षमा छन्। यसबारे औपचारिक निर्णयका लागि दलको बैठक बस्न लागेको हो। सत्ता गठबन्धनको स्पस्ट बहुमत नभएको अवस्थामा रास्वपालाई समेत सहभागी गराउँदा सरकार र संसदको स्थायित्वमा सहयोग पुग्ने मत नेपाली कांग्रेसभित्र पनि छ।

प्रतिनिधि सभामा रास्वपाका २० जना सांसद छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>