राजनीति
प्रचण्डलाई निधिको आग्रहः सरकारको नेतृत्व कांग्रेसलाई छोड्नुहोस्
०

काठमाडौं, पुस १०-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले छुट्टाछुट्टै छलफल गरेका छन् ।
हिजो (शनिबार) बेलुका एमाले अध्यक्ष ओलीलाई भेटेका निधिले आज (आइतबार) बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका हुन् । दुवै भेटमा नयाँ सरकार गठनका विषयमा छलफल भएको स्रोतले बतायो ।
निधिले माओवादी अध्यक्ष प्रचण्डसँग पहिलो चरणमा सरकारको नेतृत्व कांग्रेसलाई छाड्न आग्रह गरेका थिए । तर प्रचण्डले भने पहिलो चरणमा आफूले नेतृत्व गर्न पाउनु पर्ने पुरानै अडान दोहोर्याएका थिए ।
निधिले ओली र प्रचण्डसँगको भेटमा भएका कुराकानीबारे आज बिहान बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकमा जानकारी गराएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























