राजनीति

गठबन्धन बैठकअघि बालुवाटारमा आन्तरिक छलफलमा जुटे नेताहरू

Banner

काठमाडौं, पुस १०-

नयाँ सरकार गठनबारे सत्ता गठबन्धनको निर्णायक बैठक सुरु हुनुअघि बालुवाटारमा नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । गठबन्धन बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न कांग्रेस नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् । नेकपा माओवादी केन्द्रका नेताहरू पनि आज बिहानै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास पुगेर छलफल गरिरहेका छन् ।

भागवण्डामा सरकार चलाउने समझदारी भए पनि कसले सरकारको नेतृत्व पहिलो गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति जुटिसकेको छैन ।

पहिलो चरणको प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दाबी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्न दलहरूलाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>