राजनीति

अहिलेको संसदबाट सरकार गठन हुँदैन,देश मध्यावधिमा जाने सम्भावना छः अध्यक्ष ओली

Banner

काठमाडौं,पुस ९- 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका छन् । शनिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले अहिलेको संसदबाट सरकार गठन नै नहुने अवस्था आएको भन्दै देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका हुन् ।

प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इच्छा गरेको तर समयमा कदम नचालेको भन्दै ओलीले अरुले पनि समयमा कदम नचाले देश मध्यावधिमा जाने बताएका हुन् ।‘‘अरुले पनि समयमा कदम चालेनन् भने, समयमा आफूआफूलाई हेरे भने, देश फेरि घुमिफिरि मध्यावधिमा जाने सम्भवना छ । जाँदैन भन्न सकिँदैन’ उनले भने, ‘किनभने सरकार गठन नै हुन सकेको छैन स्वार्थको टकरावले भने सञ्चालन कसरी होला ?’

अरु दलहरुमा व्यक्तिगत र दलगत स्वार्थ देखिएका कारण सरकार नै बन्न नसकेको ओलीले बताए । उनले अहिलेको परिस्थितिलाई आफूहरुले नजिकबाट हेरिरहेको भन्द एमाले मुकदर्शक बनेर नबस्ने बताए ।

‘हामी मुकदर्शक भएर हेरेर बस्न सक्दैनौं । जेसुकै भए पनि अहिलेको परिस्थितिमा, ओरालो लागेको परिस्थितिलाई सकारात्मक बाटोमा कसरी फर्काउने त्यतापट्टि नेकपा एमालेको ध्यान छ’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>