राजनीति

एमालेको गन्तव्य सरकार बनाउनु होइन, सुखी र समृद्ध नेपाल बनाउँनु होः अध्यक्ष ओली

Banner

काठमाडौं, पुस ९-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको गन्तव्य सरकार बनाउनु नभएको बताएका छन् । शनिवार पार्टी कार्यालय च्यासलमा प्युठान काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा ओलीले अरू पार्टीको गन्तव्य सरकार बनाउने भए पनि एमालेको गन्तव्य सरकार नभई सुखी नेपाली समृद्ध नेपाल बनाउने भएको बताएका छन् ।

उनले सरकार भन्दा पनि मुलुकमा स्थिरता र स्थायित्व कायम गर्नका लागि एमालेको ध्यान केन्द्रित रहेको धारणा राखे । त्यस्तै एमालेलाई सिद्धाउन खोज्दा पार्टी अझै सबल ढंगले अघि बढेकाले अब सबलतालाई थप शुद्ध बनाउँदै अघि बढ्नुपर्नेमा उनको जोड छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>