खेलकुद

उपाधि जितेको ३ वर्षमा पनि मनाङले पाएन पुरस्कार, धरानलाई कारबाही गर्न माग

Banner

काठमाडौँ, पुस ९-

मनाङ मर्स्याङ्दी क्लब (काठमाडौँ) ले २२औं आहा रारा पोखरा गोल्डकप २०२३ मा धरान फुटबल क्लबलाई सहभागी हुनबाट रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा) सँग अनुरोध गरेको छ।

आफूले झन्डै ३ वर्षअघि जितेको २२औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि रकम ७ लाख रुपैयाँ आयोजक धरान फुटबल क्लबले अहिलेसम्म नदिएकाले प्रतियोगितामा सहभागी हुन नदिन मनाङ मर्स्याङ्दी क्लबले एन्फालाई पत्र पठाई आग्रह गरेको हो।

त्यस्तै सहारा क्लब पोखराले यसवर्षपनि पुस १४ देखि २३ सम्म २२औं आहा रारा पोखरा गोल्डकप प्रतियोगिता आयोजना गर्दै छ भने त्यसमा धरान फुटबल क्लब पनि सहभागी हुँदै छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>