राजनीति

सांसदहरुले शपथ लिएपछि माओवादीले दलको नेता भोलि चुन्ने

Banner

काठमाडौं,पुस ६-

नेकपा माओवादी केन्द्रले भोलि संसदीय दलको नेता चयन गर्ने भएको छ। सांसदहरुले शपथ लिएपछि माओवादीले दलको नेता चुन्न लागेको हो । शपथ लगत्तै दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको माओवादी केन्द्रका सांसद रणेन्द्र बराईलीले बताए ।

दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ । उनलाई दलको नेतामा चुनौती दिने माओवादीमा कोही पनि देखिएका छैनन्।

माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित १८ र समानुपातिकबाट १४ गरी ३२ सांसद छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>