चितवन विशेष

अरोमा प्रकरणः आरोपित शिक्षक प्रहरी नियन्त्रणमा, मुद्धाको टुंगो नलाग्दासम्म पढाउन दिन्नौँ: हिसान

Banner

चितवन, पुस ६–
अरोमा इङलिस सेकेण्डरी स्कुलका कम्प्युटर ल्याब शिक्षक रामकृष्ण सुवेदीलाई मंगलबार नै प्रहरीले नियन्त्रणमा लिएको छ । छात्रामाथि यौन दुव्र्यवहारको आरोप लागेका शिक्षक सुवेदीलाई प्रहरीले स्कुलबाट नियन्त्रणमा लिएको हो । उनलाई कारबाहीको लागि विद्यार्थीहरुले मंगलबार स्कुल अगाडि प्रदर्शन गर्नुका साथै स्कुल बस र भवनमा तोडफोड गरेका थिए ।

घटना सार्वजनिक भएपछि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) चितवनले एक विज्ञप्ति जारी गरी मुद्धाको अन्तिम निरुपण नहुँदासम्म आरोपित शिक्षकले हिसान अन्तर्गतका कुनै पनि विद्यालयमा पढाउन नपाउने निर्णय भएको बताएको छ ।

हिसान चितवनका सचिव प्रदिप पौडेलले जारी गरी विज्ञप्तिमा शिक्षण संस्थालाई हिंसाजन्य गतिविधिबाट मुक्त बनाउने कुरामा हिसान स्पष्ट रहेको बताइएको छ । त्यस्तै विद्यार्थीको आन्दोलनका क्रममा विद्यालयमा भएको भौतिक क्षतिप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन उनले आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>