देश/प्रदेश

काठमाडौं नगर प्रहरी प्रमुखको अत्याचार सहन नसकेर राजीनामा दिएँः सई चुडाल

Banner

काठमाडौं,पुस ५-

पछिल्लो समय फुटपाथ खाली गराउन र नक्सा विपरीतका संरचना हटाउन आक्रामक रुपमा प्रस्तुत भइरहेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल आन्तरिक विवादमा फसेको छ । मेयर बालेन्द्र (बालेन) साहले धनपति सापकोटालाई हटाएर नगर प्रहरी प्रमुख बनाएका राजु पाण्डेले अन्याय गरेको भन्दै नगर प्रहरी कर्मचारीले विरोध जनाएपछि समस्या बढेको हो ।

नगर प्रहरी नायव निरीक्षक (सई)लोकनाथ चुडालले ‘अनावश्यक हैकम सहन नसक्ने’ भन्दै राजीनामा दिए । तल्लो दर्जाका नगर प्रहरी कर्मचारीहरुलाई निम्नस्तर व्यवहार गरेको, दुख दिएको र अपशब्द प्रयोग गरेको उनले बताएका छन् । नगर प्रहरीले विदा माग्दा नगर प्रहरी प्रमुख राजु पाण्डेले अश्लिल शब्द प्रयोग गरेर गाली गरेको चुडालले बताएका छन् ।

‘मैले संगठन बनाउनको लागि प्रतिनिधिमूलक आवाज उठाएको हुँ । काठमाडौं नगर प्रहरी भित्र अन्याय, अत्याचार र भ्रष्ट्राचार बढेको छ । मैले यो विषयमा प्रशासन विभागलाई पनि चिठी लेखेको छु’ उनले भने, ‘हामीले दुःख गरेर बनाएको नगर प्रहरी संगठन बिग्रँदा सहेर बस्न सकिन ।’

चुँडालले नगर प्रहरीमा ‘मोडलिङ’ बढेकोदेखि संगठनका प्हरीमाथि अत्याचार बढेकोसम्म आरोप लगाएका छन् । नगर प्रहरी प्रमुख राजु पाण्डे भने आफू आउनुअघि व्यक्तिगत लाभ लिइरहेका नगर प्रहरीहरुले विरोध गरेको आरोप लगाए । ‘पहिले नगर प्रहरीको नाममा उठाएर खाइरहेका थिए, म आएपछि उठाउन नपाएर कराएका हुन् । अरु केही होइन’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>