राजनीति
गगनको प्रस्तावकमा शेखर, समर्थकमा धनराज र विश्वप्रकाश
०

काठमाडौं, पुस ५-
नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवं सभापति देउवाविरूद्ध इतर समूहबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन्।
थापाको प्रस्तावकमा शेखर कोइराला तथा समर्थकमा धनराज गुरूङ र विश्वप्रकाश शर्मा रहेका छन्। संस्थापनइतर समूहबाट यसअघि नेता कोइराला र थापा संसदीय दल नेताका लागि उम्मेदवार हुन खोजेका थिए। समूहबाट एक जना मात्रै उम्मेदवार बनाउन केही दिनदेखि संस्थापनइतर समूहको भेला हुँदै आएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























