राजनीति

कांग्रेस संसदीय दलको नेता छान्न आज उम्मेदवारी दर्ता, शुल्क ५१ हजार

Banner

काठमाडौँ, पुस ५–

नेपाली कांग्रेसले संसदीय दलको नेता छान्न निर्वाचन गर्दै छ । निर्वाचन अन्तर्गत आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।

आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हो । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए।

उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ । बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फको नतिजापछि कांग्रेसले विधानअनुसार दल नेता चयन प्रक्रिया थालेको हो ।

कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेको छ । उनीहरू ‘दलको नेता छान्ने प्रक्रिया’मा सहभागी हुन पाउनेछन् भने उनीहरूको नाम मतदाता सूचीमा प्रकाशित भइसकेको छ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार बन्दै छन् भने इतर समूहमा शेखर कोइराला र गगन थापा दुवैको दाबी कायमै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>