चितवन विशेष
भरतपुरको सप्तगण्डकी क्याम्पसमा पुस ८ गते हाजिरी जवाफ प्रतियोगिता हुने
०

चितवन, पुस ४-
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ ।
अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पस कमिटीको आयोजनामा पुस ८ गते हाजिरी जवाफ प्रतियोगिता हुने भएको हो ।
क्याम्पसमा विभिन्न संकाय अध्यनरत विद्यार्थीबीच प्रतियोगिता गर्न लागेको अनेरास्ववियु सप्तगण्डकीका अध्यक्ष महेश सापकोटाले नारायणी अनलाइनलाई जानकारी दिए । उनका अनुसार कमिटीले विद्यार्थीको बौद्धिक क्षमता वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो । त्यस्तै विभिन्न कक्षा र संकायबीच प्रतिस्पर्धा गरेर प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ६ हजार र तृतीय ४ हजार रुपैयाँ सहित प्रमाणपत्र दिने सापकोटाले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























