देश/प्रदेश

भेलुबाजेको गतिविधि नियन्त्रणको माग राख्दै प्युठानका सिडिओलाई ज्ञापनपत्र

Banner

प्युठान, पुस ४–

युट्युवमार्फत एकाएक चर्चामा आएका भेलु बाजे भनेर चिनिएका मिनबहादुर बुढा फेरि एकपटक चर्चामा आएका छन् ।

भेलुबाजे र उनका सहयोगीका गतिविधि नियन्त्रणको माग राख्दै प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई स्थानीयले ज्ञापन पत्र बुझाएका छन् ।

झिमरुक ३ प्युठानका सुवास जिसीले भेलुबाजेका हर्कतले बालबालिकालाई समेत नराम्रो असर परेकाले उनलाई नियन्त्रण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा भनिएको छ– ‘भेलुबाजेलाई विभिन्न व्यक्ति तथा मिडियाहरुले मदिरा सेवन गराई मात्तिएको अवस्थामा विभिन्न अश्लिल हर्कतहरु गराउने र सामाजिक सञ्जालबाट प्रस्तुत गरी समाजमा फोहोर, अश्लिल, अपाच्य र अमर्यादित शब्दहरु प्रशारण गर्ने गरेको र त्यसको गहिरो गरी बालबालिकाहरुमा समेत प्रभाव परेकाले यथाशिघ्र भेलुबाजे, उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरुलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्नु अनिवार्य छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>