चितवन विशेष

गठबन्धन गर्दा देउवासँग आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भएको थियोः प्रचण्ड

Banner

चितवन, पुस ४-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीको समझदारी भएको दाबी गरेका छन् । चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले गठबन्धन बनाउँदा प्रधानमन्त्री शेरबहादुर देउवासँग समझदारी भएको बताएका हुन् ।

प्रचण्डले भने, ‘ गठबन्धन गर्दा आलोपालो प्रधानमन्त्री बन्ने भनेर छलफल त हामीले पक्कै गरेको हो ।’ त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले विगतमा जे जस्ता सहमति भएको भए पनि गठबन्धनमा रहेका दलहरुका बीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसुभामुखबारे प्याकेजमै सहमति खोजिने बताएका छन् । गठबन्धनमा रहेका दलहरुका बीचमा समझदारी भयो र मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त भए आफू तयार रहेको र प्रधानमन्त्रीमै समझदारी नभए अरु पनि हुन सक्ने उनको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>