राजनीति
मेयर हर्क साम्पाङलाई कारबाही गर्न दलित आयोगले गर्यो गृह मन्त्रालयलाई सिफारिस
०

काठमाडौं, पुस ३-
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई कारबाही गर्न दलित आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । दलित समुदायमाथि अपमान हुने गरी संविधान र कानून विपरीत सामाजिक सञ्जालमा टिप्पणी गरिरहेको भन्दै आयोगले मन्त्रालयलाई सिफारिस गरेको हो ।
आयोगले राईलाई आत्मालोचना गरेर आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गरेकोमा उनले अटेर गर्दै आयोगमाथि नै प्रश्न उठाएपछि आयोगले कारबाहीका लागि सिफारिस गरेको आयोगका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिए । त्यस्तै प्रमुख साम्पाङले सुरुमा चमारे बुद्धि भन्दै सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा टिप्पणी गरेको भन्दै आयोगले एक विज्ञप्तिमार्फत आफ्नो ध्यानाकर्षण जनाएको थियो ।
दलित आयोगको विज्ञप्ति:

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























