देश/प्रदेश

सशस्त्र प्रहरी बलको क्यान्टिनमा प्रेसर कुकर पड्किँदा बालक सहित तीन घाइते

Banner

काठमाडौं, पुस ३-

काठमाडौंको हलचोकमा रहेको सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको क्यान्टिनमा प्रेसर कुकर विस्फोट हुँदा तीन जना घाइते भएका छन्।

शनिबार राति करिब साढे ८ बजेतिर क्यान्टिनमा खाना पकाउनेक्रममा एक्कासी विस्फोट हुँदा तीन जना घाइते भएको सशस्त्र प्रहरी बलले जनाएको हो।

घाइते हुनेमा एक जना ११ वर्षीय बालक आयुष बुढा, र दुई जना जवान जवानद्वय यमनाथ योगी र हिरासिंह बराल रहेका छन्। उनीहरूको उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>