अन्तर्राष्ट्रिय

कतारले फुटबल मैदान भिजाउन दैनिक हजारौं लिटर पानी कसरी जोहो गर्छ?

Banner

दोहा, पुस २-

आइतबार नेपाली समय अनुसार राति पौने ९ बजेबाट सुरू हुने २२ औं संस्करणको फिफा विश्वकप फाइनलमा अर्जेन्टिना र फ्रान्स उपाधिका लागि भिड्दैछन्। खेल सुरू हुँदासम्मको हिसाब निकाल्ने हो भने लुसैल रंगशालाको मैदानमा मात्रै प्रतियोगिता सुरु भएयता आयोजक कतारले करिब ३०० टन पानी हालिसकेको हुनेछ।

प्रचण्ड गर्मी हुने कतारमा फुटबल खेलिने मैदानको घाँस नबिग्रियोस् भनेर दैनिक १० हजार लिटर पानी मैदानमा हाल्ने गरिएको छ। यो बाहेक अरू ७ वटा रङ्गशालाको मैदानमा पनि दर्जनौं खेल र प्रशिक्षणका लागि त्यति नै मात्रामा दैनिक पानी लगाउने गरिएको थियो।

पानीको चरम अभाव रहेको कतारमा त्यति ठूलो मात्रामा पानी हाल्नुपर्ने अवस्थाले उसले विश्वकप आयोजना गर्न कति चुनौती खेप्नुपरेको छ भन्ने सङ्केत गर्छ। त्यस्ता चुनौतीमा आफ्नै प्रगतिको व्यवस्थापनदेखि वातावरणमा यसले पार्ने प्रभाव घटाउनेसम्म पहल हुन्छ।विश्वकपका लागि तयार पारिएका कतारका आठ वटा रंगशालामा खेलमैदान व्यवस्थापनमा खटिएका कर्मचारीका लागि अवस्था थप चुनौतीपूर्ण बन्न सक्थ्यो। सुरूको योजनानुरूप प्रतियोगिता गर्मी याममा भएको भए प्रशिक्षण गर्ने १३६ वटै मैदानमा दैनिक ५० हजार लिटर पानी आवश्यक पर्ने थियो।

अन्य देशको अवस्थासँग तुलना गर्दा कतारमा विश्वकपका लागि मैदान तयार पार्नुलाई एउटा बेग्लै तहको चुनौतीका रूपमा कर्मचारीहरूले व्याख्या गरेका छन्। कतारमा आपत्कालीन अवस्थामा प्रयोग गर्नका लागि राजधानी दोहाबाट उत्तरमा तयार पारिएको ४ लाख २५ हजार वर्ग मिटर घाँसमा रिसाइकल गरिएको पानी प्रयोग गरिएको छ।

प्रशिक्षण अनि खेलमा प्रयोग भएका मैदानमा भने समुद्रको पानीबाट नुन हटाएर प्रशोधित पानी प्रयोग गरिएको छ। कतार विश्वविद्यालयमा मरीन साइन्सेस विषयका सह-प्राध्यापक रादूअन बेन-हामादूका अनुसार प्राकृतिक स्रोतबाट उपलब्ध पानीमा मात्रै निर्भर रहने हो भने कतारमा १४ हजार मानिस मात्रै बस्न सक्ने थिए।

त्यति पानीले विश्वकपका लागि तयार पारिएका रंगशालाको एक चौथाइ भागमा समेत पानी हाल्न नपुग्ने उनले बताए। कुनै पनि नदी नभएको कतारमा वार्षिक १० सेन्टिमिटरभन्दा कम वर्षा हुने गरेको छ। करिब २९ लाख मानिस बसोबास गर्दे आएको मरूभूमिस्थित यो राष्ट्रमा जलस्रोतले प्राकृतिक रूपमा धान्न सक्ने र वास्तविक जनसङ्ख्याबीचको भिन्नताको अर्थ थप पानी कतैबाट जोहो गर्नुपर्छ भन्ने हो।

यूके सेन्टर फर एन्भाइरन्मन्ट, फिसरीज एन्ड एक्वाकल्चर साइन्समा मिडलइस्ट प्रोग्राम निर्देशक डा. विल ले क्वेस्नेका अनुसार पानीको ठूलो परिमाण समुद्रको पानी प्रशोधन गरी त्यसबाट नुन हटाएर तयार पारिन्छ। घरायसी प्रयोजनका लागि झन्डै शतप्रतिशत त्यसरी जोहो गरिएको पानी प्रयोग हुँदै आएको छ।

कतारले यसरी ठूलो परिमाणमा पानी उत्पादन गर्छ। यो अवस्था बढ्दै जाने र देश विकिसित हुँदै जानुका साथै विश्वकप जस्ता ठूला खेलकुद कार्यक्रमहरू आयोजना गर्ने योजना बनाउने हो भने कतारले अझ बढी पानी उत्पादन गर्नुपर्नेछ। करिब १० लाख पर्यटक विश्वकप हेर्न कतार आउने आँकलनबीच प्रतियोगताका बेला पानीको खपत १० प्रतिशतले बढ्ने अनुमान गरिएको थियो।

कतारसँग समुद्रको पानी जति पनि उपलब्ध छ र प्राकृतिक ग्यासको भण्डार रहेकाले यसका लागि खर्च गर्न ऊ आर्थिक रूपमा सक्षम पनि छ। तर यसरी पानी तयार पार्नका लागि निकै धेरै ऊर्जाको आवश्यकता पर्छ। खाडी क्षेत्रमा समुद्रको पानी प्रशोधन गर्नका लागि आवश्यक पर्ने ९९.९० प्रतिशत ऊर्जाका लागि सस्तो पर्ने हाइड्रोकार्बन इन्धन प्रयोग गरिने डा. ले क्वेस्नेले बताए।

तेल र ग्यासजस्ता हाइड्रोकार्बनु ले गर्ने प्रदूषणका निकै हानिकारक हुन्छ। तर सन् २०३० सम्ममा कतारले हरितगृह ग्यास उत्सर्जन २५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ। यसैबीच सन् २०५० सम्ममा समुद्रको पानी प्रशोधन गर्ने कतारको क्षमता चार गुणाले बढेर ८० अर्ब लिटर प्रतिदिन पुग्न सक्ने अनुमान गरिएको छ।

डिस्यालिनेशन (नुन हटार समुद्रको पानी प्रशोधन गर्ने प्रक्रिया) का लागि उनीहरूले सौर्य ऊर्जा प्रयोग गर्ने सोच बनाइरहेका छन्। त्यसका लागि सोलर प्यानल प्रयोग गरी विद्युत् उत्पादन गरेर रिभर्स ओस्मसिसु प्रक्रिया अपनाउन सकिन्छ वा सौर्य ऊर्जाको ताप प्रयोग गरेर पानीको बाफ आउनेगरी प्रशोधन गर्न सकिन्छ।

रिभर्स ओस्मसिसु प्रक्रियामा समुद्री पानीलाई पाइपबाट कुनै झिल्ली पठाएर पानीमा भएका अशुद्ध तत्त्वहरू निकालिन्छ। कतारले पानीको आवश्यकता पूर्ति गर्नका लागि सौर्य ऊर्जाका साथै थप आधुनिक ुडिस्यालिनेशन प्लान्टु जडान गर्ने आशा गरेको छ। यसलाई उसले राष्ट्रिय सुरक्षाको विषयवस्तु पनि बनाएको छ।

राजनीतिक विवादका कारण केही समयअघि उसका छिमेकी राष्ट्रहरूले आर्थिक नाकाबन्दी गरिदिँदा कतारमा खाद्य सामग्रीको अभाव भएको थियो।

अहिले कतारले आफ्नो सुक्खा भूमिमा दुग्ध र कृषि उत्पादन तीव्र गतिमा विस्तार गर्दै लगेको छ। तर यसले पहिले नै सीमित सङ्ख्यामा रहेको पानीको माग बढाउनेछ। कतारी जलस्रोतको एकतिहाइ भाग कृषिमा प्रयोग हुन्छ जबकि यसले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा एक प्रतिशतभन्दा कम (लगभग ०.१ प्रतिशत) योगदान पुर्‍याउँने डा. बेन-हामादूले बताए।

अन्य देशभन्दा फरक खाद्यान्न उत्पादनमा कतारले गरेको प्राकृतिक स्रोतको ठूलो लगानी खाद्यान्न निर्यात वा आर्थिक वृद्धिका लागि भने होइन। यो आपत्कालीन अवस्थामा आफ्ना सर्वसाधारणलाई खाद्यान्न उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यका साथ गरिएको हो। एजेन्सी

बिबिसी हिन्दीबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>