राजनीति

सरकार गठनको तयारीमा राष्ट्रपति, बहुमत पुर्‍याउने दलको सरकार बन्ने

Banner

काठमाडौं, पुस २–

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरेकी छन् । बहुमत पुर्‍याउन दलहरुले आन्तरिक र बहुपक्षीय छलफल गरिरहेका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको विवरण पेश गरेपछि राष्ट्रपति भण्डारी परामर्शमा छिन्। आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो।

‘निर्वाचन आयोगले बिहीबार प्रतिनिधिसभाको विवरण बुझाएपछि राष्ट्रपतिज्यू परामर्श गर्दै हुनुहुन्छ’, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले भने ‘शनिबार बिदा भएकाले अब कार्यालय खुलेको दिन उहाँबाट सरकार गठनका लागि आह्वान हुनसक्छ।’

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरू छलफलमा छन्।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरूले परामर्श तीव्र पारेका छन्। त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि विभिन्न दलका नेतासँग भेट र परामर्श गरिरहेका छन्।

प्रतिनिधिसभामा कुनै दलको एकल बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दललाई बहुमत पुर्‍याउन आह्वान गर्ने सम्भावना रहेको बताए। गरेपछि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>