देश/प्रदेश

पारिश्रमिक नपाएपछि पत्रकार नै आन्दोलनमा

Banner

काठमाडौँ, पुस २–

पत्रकारको काम जनताले पाएको दुःखलाई समाचारका माध्यमबाट सम्बन्धित निकायको ध्यानाकर्षण गर्नु हो । तर, कहिलेकाँही पत्रकार आफै पनि समस्यामा पर्ने गरेका छन् । लामो समयदेखिको पारिश्रमिक नपाएका गोर्खा टेलिभिजनका पत्रकारले आन्दोलनका कार्यक्रम सुरु गरेका छन् । ललितपुरको जावलाखेलबाट साझा सञ्चार मिडिया प्रालिको नाममा सञ्चालनमा रहेको गोर्खा टेलिभिजनले १२ जनाभन्दा बढि श्रमिकको पारिश्रमिक नदिए पछि चरणबद्ध आन्दोलनको थालनी गरेका हुन् ।

संस्थाका संचालक तेज बिक्रम थापाले कर्मचारीलाई काममा लगाएर पनि महिनौंदेखिको बाँकी बक्यौता नदिएपछि पीडित पत्रकारहरुले श्रमजीवी–पत्रकार संघ, नेपालको केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । पटक–पटकको अनुरोध र आग्रहपश्चात् पनि झुटो आश्वासन दिदै झुल्याउन थालेपछि प्रतिकार स्वरुप आन्दोलन थालिएको श्रमजीवीको हकहितका निम्ति लड्दै आएका संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले बताए ।

गोरखा टिभी मात्र नभई कृषि टिभीमा काम गर्ने २ दर्जनभन्दा बढि पत्रकारहरुको न्यायका लागि लड्दै आएका अध्यक्ष जैसीका अनुसार श्रमजीवीहरुको लाखौं रुपैयाँ महिनौंदेखि नपाउँदा उनीहरुको बिचल्ली बनाउने साहुको घर घेराउ नै गरिएको, अब सबै श्रमजीवीहरुको संयुक्त सहभागितामा फेरि घर घेराउ गर्ने कार्यक्रम छ । सञ्चालक थापाले कर्मचारीलाई अनेक बहाना देखाउँदै समस्या पारिश्रमिक दिएका छैनन्।

थापाले जावलाखेलबाट ३ वटा भन्दा बढि संस्था सञ्चालन गरेका छन् । जस्मा कृषि टेलिभिजन, कृषि सहकारी संस्था र कृषि फेसलगायत रहेका छन् । उक्त टेलिभिजनमा काम गर्ने कर्मचारी झापा, जाजरकोट, सुनसरि लगायतका क्षेत्रबाट आई कोठाभाडामा बसेर पत्रकारिता गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>